ठुलोपर्दा डटकम, काठमाण्डौ।
१२ बर्षपछि चलचित्र निर्माण गरेकी नायिका करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र फागुको छायांकन सकाएर मंगलबार मात्र राजधानी आइपुगेकी नायिका शिल्पा पोखरेल हवल्दार सुन्तलीको प्रचारमा दौडिन थालेकी छिन् । हवल्दार सुन्तलीमा मुख्य भुमिका निधाएकी शिल्पा अब चलचित्र हवल्दार सुन्तली प्रदर्शनमा नआएसम्म कतै पनि नजाने बताएकी छिन् ।
आफ्ना लागी चलचित्र हवल्दार सुन्तली विषेश भएका कारण अब हवल्दार सुन्तलीको प्रचार प्रसारमा व्यापक तरिकाले अगाडी बढ्ने पनि उनले बताइन् । करिब १ महिना देखी नायिका शिल्पा पोखरेल विरगंज लगायतका स्थानमा चलचित्र फागुको छायांकनका लागी थिइन् । मंगलबार मात्र चलचित्र फागुको छायांकन सकिएपछि नायिका पोखरेल काठमाडौं आइपुगेकी हुन् । बिहिबार चलचित्र हवल्दार सुन्तलीका कार्यकारी निर्माता छबिराज ओझाले पत्रकार भेटघाट गदैं अब हवल्दार सुन्तलीको प्रचारलाई आक्रामक तरिकाले अगाडी बढाउने बताए ।
निर्माता ओझाले अब आफ्नो व्यानरबाट बन्ने प्रत्यक चलचित्रहरु नारी प्रधान रहने पनि घोषणा गरेका छन् । नायिका शिल्पा पोखरेलले पनि आफुले चलचित्रमा द्वन्द्वात्मक दृश्य गर्दा गाह्रो भएपनि आफूले त्यो काम सहजरुपमा गरेको अनुभव सुनाइन् । चैत २७ गते अरु २ चलचित्रसँग प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीमा नायिका पोखरेलसगैं सविन श्रेष्ठ र किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् भने ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।