बलिउड अभिनेता सलमान खानको अपिल खारेज गर्दै मम्बईको एक अदालतले सलमानलाई सुनुवाईको बेला उपस्थिति हुन आदेश दिएको छ । सलमान खानले अदालतमा हिट एण्ड रनको सुनुवाई तीनहप्तासम्म रोक्न गरेको अपिल बुधबार अदालतले खारेज गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अदालतले उनलाई मार्च २७ मा अदालतमा उपस्थित भएर वयान दिन आदेश दिएको हो । न्यायधीश डी डब्लू देशपाण्डेले सलमानलाई शुक्रबार अदालतमा उपस्थिति हुन आदेश दिएका छन् । २८ सेप्टेम्बर २००२ मा सलमानको गाडीकोको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए ।
यो मामिलामा दोवारा सुनुवाइ सुरु भएको छ भने शुक्रबार सलमानले बयान दिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन् ।