लन्डनमा हुनेछ ‘रातो घर’को विश्व प्रिमियर



Rato-Ghar-london-premier-thuloparda-dot-com

ठुलोपर्दा डटकम, लण्डन।
छायांकन सकाएर हाल सम्पादनमा रहेको चलचित्र ‘रातो घर’को विश्व प्रिमियर लण्डनमा गर्न लागिएको चलचित्रका निर्माता निकेश लिम्बुले जानकारी दिएका छन् । चलचित्रका निर्माता लिम्बु र यसै चलचित्रका निर्देशक सुरज सुब्बा (नाल्बो)को सहभागीतमा लन्डनमा विश्व प्रिमियर गर्न लागिएको हो ।

लण्डनमा रहेको अम्पाएर सिनेमा हल र एल्डरसटको प्रिन्सेस हलमा चलचित्र रातो घरको प्रिमियर गरिने निर्माता लिम्बुले औपचारिक जानकारी गराएका छन् । यि दुवै हलमा हलिउडका चलचित्रहरु मात्र प्रदर्शन हुने गरेका छन् । जुलाईको दोस्रो सातामा विश्व प्रिमियर गर्न लागिएको चलचित्र रातो घरमा गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, बिकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

माङ हिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विल्सन विक्रम राई (तक्मे बुढा)को मुख्य भुमिका रहेको छ । सुरज सुब्बा नाल्बोको लेखन र निर्देशन रहेको यस चलचित्रको दृष्य हरी लामाले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu