राहुलले गरे नेपाली कफि र मौसमको तारिफ



rahul-indian-actor

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बलिउडका चर्चित खलनायक राहुल देव काठमाडौं आएका छन् । उनी तमिल फिल्म पथु इन्नुराथुकुल्लाको छायांकनका लागि काठमाडौं आएका हुन् । उनले शुक्रबार आफ्नो ट्विटरमा काठमाडौं र भक्तपुरमा सुटिङ गरिरहेको उल्लेख गर्दै काठमाडौंका जनता, अर्ग्यानिक क्याफे, मिठो कफी र सुन्दर मौसमको निकै खुलेर तारिफ गरेका छन् ।

राहुल देव करिब एक सातासम्म उक्त चलचित्रको छायांकनका लागी काठमाडौं रहने कार्यक्रम रहेको छ । बलिउड चलचित्रमा राहुल अधिकांश खलनायककै भुमिकामा देखिने गर्छन् । उनि हिन्दी, तमिलका अलवा पञ्जाबी तथा तेलुगु चलचित्रमा पनि ब्यस्त कलाकारमा गनिन्छन् । हिन्दी फिल्म जुरमानाबाट अभिनय यात्रा सुरु गरेका उनले बलिउडका चर्चित कलाकारहरुसँग अभिनय गरिसकेका छन् । हाल उनी अभिनित बलिउड चलचित्र ‘इक पहेली लीला’ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu