ठुलोपर्दा डटकम, काठमाण्डौ।
सांगीतिक ब्यान्ड १९७४ एडीले यति बेला जयवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्येश्यले हाल नेपालका विभिन्न ठाउँहरुमा सांगीतिक कन्सर्टको आयोजना गरिरहेको छ । कन्सर्टबाट जनचेतना फैलाउन लक्ष्य बोकेर बन्सर्ट आयोजना गर्दै आएका १९७४ एडीले काठमाडौंको बसन्तपुरमा पनि सांगीतिक प्रस्तुति गरेको छ।
परिवर्तन जलवायु परिवर्तन नारा सहितको कर्न्सटमा १९७४ एडीले चर्चित गीतहरु प्रस्तुत गरेका थिए। १९७४ एडीका नयाँ सदस्यहरु रोहितजोन क्षेत्री, सुवासजंग पाण्डे, प्रतीक बानियाँसहितले कर्न्सटका प्रस्तुती दिएका थिए। रातो र चन्द्रसूर्य, गुराँस फुल्यो, हेर्दाहेर्दै,सम्बोधन र धेरैधेरै लगायत डेढ दर्जन गीतहरु सुनाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदएको थियो । उक्त कन्सर्टमा डब्लुडब्लुएफकी सद्भावनादूत मिस नेपाल सुविन लिम्बुले वातावरण जोगाउन सबैलाई आग्रह गरेकी थिइन्।
जलवायु परिर्वतनले निम्ताएको समस्याहरुलाई गीत,संगीतको माध्यमबाट प्रोत्साहन गर्न लागिपरेको १९७४ एडीका मनोजकुमार केसीले जानकारी दिए । उनले अगाडी भने, ‘यो अभियान नेपालका कुना कुनामा पुराउने सोचमा छौं, हामीलाई थाहा छ गीत, संगीतको माध्यमले पनि जयवायु परिवर्तनबारे जनचेतना जनतासम्म पुराउन सकिन्छ भन्ने त्यसैले हामीले यो अभियानको सुरुवात गरेका हौं’ । यो ब्यान्डले ‘टाइम आउट, ‘सम्झी बस्छु, ‘शताब्दी, ‘जंगी निशान र ‘पिँजडाको सुगा जस्ता लोकप्रिय एल्बम सार्वजनिक गरिसकेको छ।