सुन्दरादेवी लोक दोहोरी अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक



bagmati-lok-dohori-awardठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली लोक संगीतको विकास, विस्तार संरक्षण र सम्बर्द्धनको साथै लोक कलाकारको हौसला बढाउने उद्देश्यले आगामी २०७२ बैशाख ११ गते आयोजना हुन लागेको “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गदैं मनोनयन सुचि सार्वजनिक गरिएको हो । “नेपाली लोक संगित हाम्रो पहिचान” संचार संस्थाबाट कलाकार सम्मान गर्ने हाम्रो अभियान” भन्ने नाराका नुवाकोटको विदुरमा हुने उक्त अवार्ड वितरण राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय संयोजक रहेको यस अवार्डको निर्णायक मण्डलमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा र प्रतिष्ठानका सल्लाहकार बि.एस. लामिछाने सदस्य रहेका छन् । तीन निर्णायक मण्डलले सहभागी भएका गीत संगीतलाई मूल्याङ्कन गरी उत्कृष्ट पाँचलार्इ विभिन्न विधामा सार्वजनिक गरेको निर्णायक संयोजक शान्तिप्रियले बताए ।

यसैगरि अवार्ड हुने दिन नुवाकोट जिल्लामा जन्मिएर लोक संगित क्षेत्रमा रहेर अहोरात्र योगदान पु¥याउने तीन जनालाई सम्मान गरिने अयोजक पक्षले जनाएको छ । कार्यक्रमको सह–आयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अंचल समिति र नुवाकोट जिल्ला समिति रहेका छन् । १२ विधामा वितरण गरिने उक्त अवार्डमा उत्कृष्ट लोक गायक, उत्कृष्ट लोक गायिका, उत्कृष्ट नव प्रतिभा (केटा), उत्कृष्ट नव प्रतिभा (केटी) उत्कृष्ट म्युजिक भिडियो मोडल (केटा) उत्कृष्ट म्युजक भिडियो मोडल (केटी) उत्कृष्ट म्युजिन भिडियो निर्देशक, उत्कृष्ट लोक दोहोरी संगितकार, उत्कृष्ट लोकदोहोरी शब्द संकलन, उत्कृष्ट एरेन्जर अवार्ड, पब्लिक च्वाइस अवार्ड रहेको छन् । त्यसैगरी उत्कृष्ट लाइफ टाइम एचिभ्मेन्ट अवार्ड १ जनालाई प्रदान गरिने अवार्डका अध्यक्ष एवं साप्ताहिकका प्रकाशक किरण अधिकारीले जानकारी दिएका छन् ।

प्रथम बागमती लोक दोहोरी अवार्ड–२०७२ को उत्कृष्ट पाँचको सुचि:
१) उत्कृष्ट गायीका उमा श्रेष्ठ : रोदी घरमा BLA 001
अमृता लुङगेली : आइपुग्यो नौलो गाउ BLA 002
रमीला न्यौपाने : झम झम दर्कीयो पानी BLA 003
सिता थापा : चुलबुले वैंश BLA 004
पार्वती कार्की : फाटेको मन BLA 005

२) उत्कृष्ट गायक नवराज घोरासैनी/मिलन श्रेष्ठ : चुलबुले बैंश BLA 006
वल ब. वाइवा : घर मेलम्ची BLA 007
उद्धव कार्की : फाटेको मन BLA 008
कुमार भण्डारी/इन्द्र लामा : पासाङ ल्हामु रोड BLA 009
सुवास रिजाल शर्मा/राजेन्द्र रिजाल : मुटु भित्र BLA 010

३) उत्कृष्ट लय रेशम थिङ : फुलको डाली BLA 011
राम थापा शिशिर : पानी कलको BLA 012
वल ब. वाइवा : घर मेलम्ची BLA 013
उद्धव कार्की : कहा पाउनु इन्टरनेट BLA 014
कुमार भण्डारी : पासाङ ल्हामु रोड BLA 015

४) उत्कृष्ट शब्द रेशम थिङ : फुलको डाली BLA 016
राम थापा शिशिर : पानी कलको BLA 017
भगवती उप्रेति : दुख्यो मुटु BLA 018
कुमार भण्डारी/इन्द्र लामा : पासाङ ल्हामु रोड BLA 019
राम कुमार श्रेष्ठ : रुवाउदै छोड्नेलाई BLA 020

५) उत्कृष्ट भिडियो निर्देशक मिलन श्रेष्ठ : फाटेको मन BLA 021
प्रदीप सिंह थापा : पासाङ ल्हामु रोड BLA 022
प्रेम लोप्चन : घर मेलम्ची हेलम्बु BLA 023
होम धिताल : बाच्ने आधार BLA 024
माधव खरेल : धोका त दीदै दीन्न BLA 025

६) उत्कृष्ट मोडल महिला रश्मी तामाङ : मलाई ह्याण्सम केटा BLA 026
रेश्मा केसी : पानी कलको BLA 027
संगीता ढकाल : पासाङ ल्हामु रोड BLA 028
यूनीका वस्नेत : फाटेको मन BLA 029
रश्मी तामाङ : घर मेलम्ची BLA 030

७) उत्कृष्ट मोडल पुरुष जनक श्रेष्ठ : फाटेको मन BLA 031
पशुपति थपलिया : कहा पाउनु इन्टरनेट BLA 032
इन्द्र लामा : पासाङ ल्हामु रोड BLA 033
सुवास रिजाल : मुटु भित्र BLA 034
कविन लामा : घर मेलम्ची BLA 035

८) उत्कृष्ट छायाँकार प्रदीप सिंह थापा : कहा पाउनु इन्टरनेट BLA 036
प्रदीप सिंह थापा : पासाङ ल्हामु रोड BLA 037
वाइ पी. घिमीरे : एउटा कुरा याद गर BLA 038
सुरेश श्रेष्ठ : मापसे BLA 039
मधुर बस्नेत : घर मेलम्ची BLA 040

९) उत्कृष्ट सम्पादक रोशन घिताल : रोदी घरमा BLA 041
रोशन घिताल : बाँच्ने आधार BLA 042
प्रदीप सिंह थापा : कहा पाउनु इन्टरनेट BLA 043
कोपीला थापा : बस्यौ मुटु भित्र BLA 044
माधव खरेल : म नि विदेश जान्छु BLA 045

नोट : भोटीङका लागी BLA टाइप गरी स्पेस दिएर आफुले चाहेको कोड नं. राखी ४२४३ मा एसएमएस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu