हलिउडका सर्वाधिक धनी कलाकार लियोनार्डो



liyonardo

हलिउड स्टार लियोनार्डो डिक्याप्रियोले अहिलेका चर्चित तथा व्यस्त नायकका रुपमा कहलिएका छन् । उनले अभिनय गरेका चलचित्रहरुले ओस्कार अवार्ड चुमे पनि हालसम्म भने लियोनार्डोले आफ्नै हातबाट ओस्कार चुम्न पाएका छैनन् ।

ओस्कार अवार्ड समाउन नपाएपनि लियोनार्डोले हलिउडमा अरु नायकको तुलनामा सर्वाधिक चलचित्रमा अभिनय गर्ने गर्छन त्यसैले पनि यति बेला उनी हलिउडमा सबभन्दा धेरै कमाउने स्टारको सुचीमा परेका छन् । अलिउडका निर्माता निर्देशकहरुका बीच गरिएको शर्वेक्षणका आधारमा तयार पारिएको रिर्पोट अनुसार लियोनार्डो सबभन्दा धेरै पारिश्रमिक लिने हिरो हुन्

धेरै पारिश्रमिक पाउने हिरोको ग्यांगमा उनीसँगै रोबर्ट ड्राउनी जुनियर, म्याट डेमन र डेन्जल वासिंगटन छन् । हिरोइनमा भने सान्ड्रा बुलक र एन्जेलिना जोलीले धेरै पारिश्रमिक पाएका छन् । हलिउड रिपोर्टरुका अनुसार गत वर्षआएको मार्टिन स्कोरसिजको फिल्म द वुल्फ अफ वाल स्ट्रिटका लागि लियोले २५ मिलियन डलर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu