चितवनको टाँडीमा रामकृष्ण ढकाल साँझ



ramkrishna-dhakal-chitwan

ठुलोपर्दा डटकम, चितवन।
सोसाइन्ज मिडिया प्रा.लिको आयोजनामा आगामी चैत २७ गते चितवनको टाँडीमा रामकृष्ण ढकाल साँझ हुने भएको छ । सौराह चोक टांडीमा रहेको होटल गंगोत्री हाइवेमा आयोजना हुन लागेको सो कार्यक्रम साँझ ६ बजेदेखी १० बजेसम्म चल्नेछ । लामो समयदेखी गितसंगीतको क्षेत्रमा चर्चामा रहदै आएका रामकृष्ण ढकाल एकल साँझका लागी दोस्रो पटक चितवन जान लागेका हुन् ।

सेंडाइं होडिङले प्रायोजन गरेको सो कार्यक्रममा ढकालले आफ्ना लोकप्रिय गीतहरु गाउँनेछन् । सो अवसरमा ढकाललाई उनकी छोरी रानी ढकालले समेत साथ दिनेछिन् । प्राय: कार्यक्रममा आफ्ना छोरीका साथमा देखीने रामकृष्ण चितवनको कार्यक्रममा भने छारीलाई पनि प्राथामिकतामा राखी आयोजकले प्रचारप्रसार गरेको छ । सेंडाइं होडिङका प्रबन्ध निर्देशक निर्देश सेंडाइंले ढकालका साथै हांस्य कलाकार दिपक राज गिरीले समेत कार्यक्रममा आफ्नो प्रस्तुती राख्ने जानकारी दिए ।

पाँच सय र हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको सो कार्यक्रममा लगभग ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघि गएको दशैँ र तिहारको बिचमा ढकाल सुमधुर साँझको चितवनमा नै आयोजना गरिएको थिए भने काठमाडौंमा पनि उनको ढकाल साँझ यसै बर्ष आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu