‘ब्रासलेट’ निर्माणको घोषणा, र्‍याम्प हिँडेर कलाकारको परिचय



braclet

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता केशव भट्टराइले चलचित्र ‘ब्रासलेट’ निर्माणको घोषणा गरेका छन् । निर्मल शर्मा गैँडाले निर्देशन गर्ने चलचित्र ब्रासलेटको बारेमा मंगलबार राजधानीमा एक पाँच तारे होटेलमा भव्य समारोहका बिच चलचित्रका बारेमा जानकारी दिइयो । अन्य चलचित्रको भन्दा भिन्न शैलीका साथ चलचित्रका कलाकारलाई र्‍याम्पमा उतारेर पाहुनालाई स्वागत गरीएको कार्यक्रम भिन्न देखिन्थ्यो ।

जब चलचित्रका दुई सुन्दरी नायिकाद्वय रजनी केसी र नम्रता सापकोटा कम्मर मर्काउँदै र्याम्पमा देखिए उनीहरुलाई चलचित्रका नायक रमेश उप्रेतीले साथ दिँदा तालीले कायक्रम स्थल गडगडाहट बन्यो । चलचित्र पराइघरबाट अभिनयमा डेब्यु गरेका नायक रमेश उप्रेती केही समय यो क्षेत्रबाट टाढीएपनि फेरी ब्रासलेटबाट कमब्याक गर्न लागेका छन् । चलचित्रमा रमेश, नम्रता र रजनी बाहेक रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाज लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

थ्रिलर कथामा निर्माण हुन लागेको ब्रासलेट घोषणा समारोहमा नायिका करिश्मा मानन्धर, कलाकार दिपकराज गिरी, दीपाश्री निरौला, पुजना स्त्री, लगायतका कलाकारहरु उपस्थित थिए । यस अघि चलचित्र चकलेटको निर्देशन गरीसकेका निर्देशक शर्माले यस बाहेक चलचित्र ‘डन्डिबियो’ बनाउने र यि ३ चलचित्रले आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताएका छन् । आफुले अहिलेसम्म सिकेको कुरा यिनै ३ चलचित्र मार्फत देखाउन खोजेको बताउने निर्देशक शर्माले कथमकथाचित यि चलचित्र नचलेमा आइन्दा चलचित्र निर्देशन नै नर्गने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu