अमेरिकी पप गायिका ब्रिटनी स्पेयर्स अहिले गणित विषयको अध्ययनमा व्यस्त छिन् । आफ्ना नौ र आठ वर्षका दुई छोराका लागि गणित विषयको अध्ययन गरिरहेकी ब्रिटनी भन्छिन्, ‘भोली छोराहरुले मलाई गणित विषयको उत्तर सोध्दा आफुलाई नआउने होकी भन्ने डरले अहिले म गणित विषयको अध्ययन गरिरहेको छु ।’
उनले एक अन्तरर्वार्ताको क्रममा भनेकी छिन्, ‘म सानैं देखी गणितमा कमजोर थिए त्यसैले अहिले आफ्ना लागी भन्दा पनि आफ्नो छोराहरुका लागी गणित विषयको ज्ञान लिइरहेको छु ।’ ब्रिट्नीका जेठा छोरा आगामी वर्ष पाँचौ ग्रेडमा उक्लिदैछन जसमा उनले अलजेब्रा पढ्नुपर्छ । त्यसैले छोरालाई सिकाउन सजिलो होस् भनेर ब्रिटनी गणित पढिरहेकी हुन् ।
ब्रिटनी बच्चाहरुलाई आफै गृहकार्य गराउने गर्छिन् । त्यस्तै ब्रिट्नीले आफ्ना छोराले पढाइमा मेहेनत गरुन् भनेर उनीहरुले पढाइमा राम्रो गरेमा हरेक महिना खेलौना पुरस्कार दिनेगर्छिन् ।