जर्मनीमा नेपाली कलाकार र साहित्यकारहरुको बिशाल भेला हुने



INAS-UROPE-PRG

आउँदो अप्रिल ३ र ४ तारिक जर्मनीको बोखुम शहरमा युरोपका कलाकार र साहित्यकारहरुको बिशाल भेला हुने भएको छ। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा साहित्यकारहरुको धेरै ठूलो सहभागिता हुने बताइएको छ । उक्त कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा रहेको आयोजक पक्षले दिएको छ ।

दुई दिन सम्म लगातार चल्ने कार्यक्रमको पहिलो दिन अप्रिल ३ तारिक कलाकार समाजको तेश्रो युरोप महादेश स्तरीय भेला हुने र अप्रिल ४ तारिक युरोप स्तरीय नेपाली एकल नृत्य प्रतियोगिता, साहित्य वाचन, कलाकार र साहित्यकारहरुको अन्तराष्ट्रिय सम्मान र इनास फिल्म अवार्डको तेश्रो संस्करणको लागि छानिएका नेपाली चलचित्रहरुको नामावली सार्वजनिक गरिने आयोजक इनास युरोपले जनाएको छ। युरोप महादेशमै बिशाल कार्यक्रमको रुपमा आयोजना गर्न लागिएको कलाकार समाजको तेश्रो सस्करणको युरोप महादेशस्तरीय कार्यक्रममा जर्मनी, बेल्जियम, युके, होल्याण्ड, स्विजरल्याण्ड, पोल्याण्ड, इटाली, स्पेन, आयरल्याण्ड, चेक रिपब्लिक लगायतका युरोपका अन्य विभिन्न देशहरुबाट ठूलो संख्यामा इनास, एनआरएन र विभिन्न संस्थाका प्रतिनिधिहरु र कलाकारहरुले सहभागिता जनाउने कुरा आयोजक पक्षले जनाएका छन् ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाजको यस कार्यक्रमलाई उक्त संस्थाका युरोपमा रहेका राष्ट्रिय समितिहरु, एनआरएनए युरोप र युरोपमा रहेका अधिकांश देशका एनआरएनहरु, एनआरएन आइसीसी अन्तर्गत रहेको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदल, जर्मन नेपाल मैत्री संघ, युरोपीयन हिमालयन एसोसियसन जर्मनी, सांस्कृतिक गृह फ्रान्स लगायतका दर्जनौ संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् भने नेपाली राजदूतावास जर्मनी, जर्मनी सरकार अन्तर्गत कल्चरल डिपार्टमेण्ट बोखुम स्टाड हाउस र विभिन्न ब्यबसायिक संस्थाहरु र मिडिया हाउसहरुले पूर्ण रुपमा सहयोग गर्ने भएको कुरा कलाकार समाज युरोप महादेशीय समिति इनास युरोपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu