कन्सर्टमा ‘मधुमास’, नायिका बनिन् गायिका



madhumas-concertठुलोपर्दा डटकम, काठमाण्डौ। कार्तिक ०८ गते अल नेपाल रिलिज हुने नेपाली चलचित्र ‘मधुमास’ टिम शनिवार राजधानीमा आयोजित एक कन्सर्टमा देखा पर्‍यो। सुन्धाराको सिभिल ट्रेड सेन्टरमा  अनिल सिंहसँगै मधुमास नायिका पुजा शर्माले पनि गीत गाईन्।

चलचित्र प्रचार-प्रसारमा तिव्र रहेको मधुमास युनिटमा नायक आर्यन सिग्देल भने देखिएका छैनन्। उनि हाल आफ्नै लगानी रहेको चलचित्र ‘नोवेम्वर रेन’मा व्यस्त रहेका छन्। निर्देशक सुदर्शन थापा, निर्माता बाबुराम दाहाल, अभिनेता मनोज आरसी, डिजाइनर पुनम गौतम र लेखक दिनेश न्यौपाने कन्सर्टमा सहभागी थिए।

उपस्थित दर्शकलाई कार्तिक आठमा चलचित्र हेर्न आउन निमन्त्रणा पनि दिईएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu