फ्राईडे रिलिज: नेपाली ‘तनाव’सँग हलिउड ‘फ्यूरियस ७’



नेपाली नायिका रागिनी खड्गी / तस्विर: काठमाण्डुक्रेज
नेपाली नायिका रागिनी खड्गी / तस्विर: काठमाण्डुक्रेज

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो साता नेपाली चलचित्र घरहरुमा नेपाली चलचित्र ‘तनाव’ र अर्को हलिउड चलचित्र ‘फ्यूरियस ७’ प्रदर्शनमा आएका छन् ।

ऋषि न्यौपानेको निर्देशनमा तयार भएको चलचित्र तनाबमा निर्मल सेन्चुरी, रागिनी खड्गी, एनी कुवँर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यस चलचित्रमा एलआर बिबेक सापकोटा, सिताराम श्रेष्ठ र पुरन तामांगको संयूक्त लगानी गरेका छन् । यस चलचित्रले यूवापुस्ताको कथा बोकेको छ ।

हलिउड चलचित्र ‘फ्यूरियस ७’ ‘फास्ट एन्ड द फ्यूरियस’को सातौँ सिक्वेल हो । वर्ष २०१३ मा निधन भएका अभिनेता पल वाकरप्रति समर्पित यो चलचित्र दर्शकको रोजाइमा पर्न सक्ने अनुमान गरिएको छ । वाकरको कार दुर्घटनामा निधन भएको थियो ।

यो एक्सन प्रधान चलचित्रको निर्देशन जेन्स वानले गरेका हुन् जसमा पल वाकर, भिन डिजेल, डेवान जोन्सन, मिचेल रोड्रिग्युज, लुकास ब्ल्याक आदि कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu