नयाँ बर्षमा ‘धुन’, रिलिज भयो ट्रेलर (भिडियो)



neeta-dhungana-dhoon

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १८ गतेलाई प्रदर्शन मिति तोक्दैं चलचित्र ‘धुन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सांगितिक प्रेम कथा बोकेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम रोमान्स तथा द्वन्द्वात्मक पक्षलाई जोडिएको छ । केहि महिना पहिले सार्वजनिक गीतले चलचित्र बजारमा राम्रो चर्चा र दर्शक र श्रोताको राम्रो साथ पाईरहँदा चलचित्र हलमा आईसकेपछी पनि दर्शकको साथ पाउनेमा निर्माण टिम आशावादी छ ।

रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई ब्यापकता दिने गरी अघी बढ्ने योजना स्वरुप ट्रेलर सार्वजनिक गरेको निर्मात्री तथा प्रस्तुतकर्ता मालती शाहले बताईन् । ‘धुन’को सांगितिक पक्ष उत्कृष्ट रहेकोले पनि रिलिज पश्चात चलचित्रले दर्शकको राम्रो साथ पाउने मालतीको आशा छ । जिवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, सुरविर पण्डित लगायतका कलाकरहरुको अभिनय रहेको चलचित्र ‘धुन’मा मालती सँगै सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन ढकालको लगानी छ, भने संगीत लक्की सिटौलाले भरेका छन् । यो चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu