काठमाण्डु जेसिसद्वारा ‘अझै पनि’को च्यारिटी



jci-charity-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित निर्देशक स्व. आलोक नेम्बाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’को पहिलो च्यारिटी सम्पन्न भएको छ । काठमाण्डु जेसिसले सोमबार साँझ राजधानीको दरबारमार्गस्थित क्यू एस सिनेमाजमा च्यारिटीको गरेको हो । काठमाण्डु जेसिसले उक्त च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने जनाएको छ ।

चलचित्रकी निर्माता पुनम गौतम सहित कलाकारहरु पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का लगाएतको उपस्थिती रहेको उक्त च्यारिटी कार्यक्रममा प्रमूख अतिथीको रुपमा उर्जा मन्त्री राधा ज्ञवालीको उपस्थिती रहेको थियो । साथै, नेपाल जेसिसका अध्यक्ष धननञ्जय श्रेष्ठको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

jci-charity-2

कार्यक्रममा बोल्दै निर्माता पुनम गौतमले ‘अझै पनि’ हरेक नेपालीले हेर्नैपर्ने चलचित्र भएको बताउँदै व्यक्तिगत रुपमा भन्दा संस्थागत रुपमा च्यारिटीमा जानु उपयुक्त ठानेकोले आफुले जेसिसलाई रोजेको बताईन् । धेरै मेहनत गरेर चलचित्र बनाएको बताउँदै गौतमले आफ्नो पहिलो चलचित्र समाजको लागी बनाएको र यसले व्यापारिक भन्दा बढि सामाजिक सुशासनको महत्व रहेकोले च्यारिटीमा ध्यान दिएको बताईन् । उनले अब अर्को चलचित्र पनि समाज भित्रकै कथामा आधारित रहेको बनाउने बताईन् ।

jci-charity-3

नेपाल जेसिसका अध्यक्ष धननञ्जय श्रेष्ठ आफुलाई चलचित्रको हिरो हुने रहर रहेको तर हुन नसकेपनि नेपाली चलचित्रलाई अति नै माया गर्ने बताए । नेपाल जेसिसले देशैभर च्यारिटी गर्ने बताउँदै श्रेष्ठले ‘अझै पनि’ सामाजिक कथामा बनेकोले जेसिस पनि समाजकै लागी काम गर्ने संस्था भएकोले च्यारिटीको लागी रोजिएको बताए । काठमाण्डु जेसिसका अध्यक्ष गणेश पौडेलले च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने बताए ।

उर्जा मन्त्री राधा ज्ञवालीले नेपाली चलचित्र पनि विदेशी चलचित्र जत्तिकै गुणस्तरिय रहेको बताउँदै ‘अझै पनि’लाई जेसिसले च्यारिटी गरेकोमा खुशी व्यक्त गरिन् ।

jci-charity-4

‘अझै पनि’ सामाजिक प्रेमकथालाई अगाडी बढाउँदै नारीको महत्व र विभिन्न रुपलाई कलात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र हो । पुनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रलाई रामशरण पाठकले लेखेका हुन् ।

jci-charity-5

महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत रहेका यस चलचित्रका पाँचवटै गीतले उत्तिकै चर्चा कमाएका छन् । संगीतको पाटो उत्कृष्ट रहेको ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu