‘होस्टेल’को उल्लासमय सक्सेस पार्टी



hostel-successठुलोपर्दा डटकम, काठमाण्डौ। यस बर्षको सर्वाधिक सफल नेपाली चलचित्र ‘होस्टेल’ले आइतवार राजधानीमा उल्लासमय सक्केस पार्टी आयोजना गरि खुशी साटेको छ। व्यापारमा हरेश खाएर तड्पिरहेको नेपाली चलचित्र उद्योगलाई केहि हदसम्म भएपनि माथी उकासेको यस चलचित्रको व्यापारबाट पूर्ण सन्तुष्ट युनिटले आयोजना गरेको पार्टीमा झण्डै चार सयको उपस्थिती थियो।

‘मैले देखाउन होइन, खुशीयाली साट्न पार्टी दिएको हुँ। यस्ता पार्टींमा सहभागी हुने अवसर फिल्मकर्मीलाई नमिलेको धेरै भयो । त्यसैले एकपटक नेपाली फिल्म क्षेत्रसँग आवद्ध सबैलाई दशैँअघि जमघट गराउने योजना अनुरुप पनि यो पार्टी गरिएको हो’ चलचित्रका निर्माता सुनिल रावलले बताए। हेमराज विसीले निर्देशन गरेको होस्टेलमा तेश्रो पुस्ताका कलाकार मानिएका अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, प्रकृती श्रेष्ठ, सिञ्चन केसी, रिश्ता बस्नेत लगाएतका कलाकारले बेजोड अभिनय गरेका छन्।

आइतवारको कार्यक्रममा केहि बरिष्ठ चलचित्रकर्मीहरुको समेत उपस्थिती थियो। सबैले होस्टेलले पाएको सफलतामा खुशी व्यक्त गर्दै आगामी दिनको लागि सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा सुनिलकी पत्नी दुर्गिश थापाकी आमाको समेत उपस्थिती थियो। होस्टेल दुर्गिश फिल्म्सको ब्यानरमा बनेको हो। यसअघि सोही ब्यानरको चलचित्र ‘सायद’ले पनि गत बर्षको सफल चलचित्रमा नाम लेखाएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu