संगीतमा पनि राजनिति हुँदो रहेछ: अनिता



Anita-Katuwal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
२०५८ सालमा सुनसरीको प्रकाशपुरमा जन्मीएर सांगीतिक फाँटमा सघर्ष गर्न काठमाडौं छिरेकी अनिता कटुवाल अहिले सम्भावना बोकेकी गायिकाको रुपमा चिनिँदै गएकी छिन् । डोरेमी संगीत विद्यालयमा गुरुदेव कामतसँग संगीत प्रशिक्षण सुरु गरेर आफ्नो स्वर तिखार्दै गरेकी अनिताले अहिलेसम्म आधा दर्जन भन्दा बढि चलचित्रका गीतहरु देखी आधुनिक गीतहरुमा आवाज दिइसकेकी छिन् ।

अनिताले आफ्नै स्वरमा सोलो एल्बम निकाल्ने तयारी पनि गरेकी थिइन् । सात वटा गीत समेत रेकर्ड भैसकेको ‘चाहना मनको’ एल्बम संगीत कम्पनीको गद्धारीका कारण निस्कन नपाएको उनले बताईन् । पहिलो एल्बम निकाल्ने कम्पनी नै फरार भएपछि उनी पुनः आफ्नो दोश्रो एल्मब निकाल्ने तयारीमा छन् । एल्मबमा तयारीसँगै आफु अहिले चलचित्रको गीतमा स्वर दिन पनि व्यस्त भैरहेको अनिता बताउँछिन् । अनिता भन्छिन् ‘नाम कमाइन्छ भनेर काठमाडौं आएँ । तर, संगीत क्षेत्र सोचे जस्तो रै’नछ । काम पाउन धेरैको पाउ मोल्नु पर्ने । राजनीति पनि उत्तिकै हुने रहेछ ।’

हाल आफ्नो दास्रो एल्बमको तयारीमा रहेकी अनिता अहिले सत्या नामक नेपाली चलचित्रको गीतबाट भने धेरै आशावादी देखिएकी छिन् । सत्या चलचित्रमा अनिताको स्वरमा सजिएको गीतहरु सन्न सकिन्छ । सत्याको छायांकन केहि दिन भित्रमा नै सुरु हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu