दोहा र सिड्नीमा ‘बिर्खे’



birkhe-doha

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कमेडी चलचित्र ‘बिर्खेलाई चिन्छस्’ अब विदेशका विभिन्न ठाउँहरुमा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्र अप्रिल १० तारिकमा दोहा, कतारमा प्रदर्शन हुनेछ भने १८ र १९ तारिकमा सिड्नीमा प्रदर्शन हुने कलाकार एवं यस चलचित्रका निर्माता सुवास थापाले जानकारी दिए । चलचित्रको प्रदर्शनका लागी हिजो सोमबार नै सुवास थापा र उनकी श्रीमती तथा चलचित्रकी नायिका विनिता थापा दोहा उडिसकेका छन् ।

अप्रिलमा नै विदेशका विभिन्न ठाउँहरुमा चलचित्र ‘बिर्खेलाई चिन्छस्’ प्रदर्शन हुने पनि निर्माता सुवास थापाले जानकारी दिए । यस चलचित्रले नेपालमा उत्कृष्ट व्यापार गरेको थियो । चलचित्रका अभिनेता तथा निर्माता सुवास थापाले चलचित्रमा बिर्खेको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा बेरोजगारी तथा महँगीबाट आक्रान्त साधारण गाउँले युवा बिर्खे सहर पसेपछि उत्पन्न हुने परिस्थितिलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । चलचित्रमार्फत देशको भ्रष्ट राजनीतिक व्यवस्थालाई समेत व्यंग्य गरिएको छ ।

जगदीश्वर थापाको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रको छायांकन नीरज कँडेल तथा रामशरण उप्रेती हुन् । चलचित्रमा सन्तोष लामा, मोहित मुनाल तथा प्राश्ना शाक्यको पार्श्र्व गायन छ। चलचित्रका अधिकांश दृश्यको छायांकन चरिकोट वरपरका ग्रामीण क्षेत्र तथा काठमाडौंमा गरिएको हो । चलचित्रमा सुवास थापा, बिनिता खड्का, आयुषा राई, सुरेश उप्रेती, बालदीप राई तथा सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ भने अराज केशवले चलचित्रलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu