खलपात्र पुष्कर भट्टलाई श्रीलंकाली चलचित्रबाट अवसर



puskar-bhatta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका खलपात्र पुष्कर भट्टले अब श्रीलंकाली चलचित्रमा अभिनय गर्ने भएका छन् । केहि दिन अगाडी श्रीलंकाको एक चर्चित पत्रिका लंकादिपले समाचार प्रकाशन गर्दै यस्तो खबर बाहिर ल्याएको हो । उक्त पत्रिकामा नेपाली कलाकार पुष्कर भट्ट श्रीलंकाली चलचित्र खेल्दै भनेर समाचार प्रकाशन गरिएको थियो ।

श्रीलंकाली चलचित्रका चर्चित निर्देशक रोदनी रत्नाले पुष्करलाई चलचित्र खेल्ने अवसर दिन लागेका हुन् । नेपालमा छायांकन हुने नाम नखुलाइएको उक्त चलचित्रमा भट्ट मुख्य भुमिकामा रहने छन् । चलचित्र पुर्ण रुपमा श्रीलंकाली भाषामानै निर्माण हुने बताईएको छ । भट्टका चलचित्रहरु यूटुवमा हेरेर आफ्नो चलचित्रमा सुहाउँदो कलाकार भएका कारण उनलाइ लिईएको निर्देशकको भनाई छ ।

हाल भट्ट उक्त चलचित्रकै लागी भनेर श्रीलंकाली भाषा सिक्दैछन् । पुष्करले अहिलेसम्म करिब १०० वटा नेपाली चलचित्र तथा दुई दर्जन बढि भोजपुरी चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu