‘धुन’ अफिसियल गीत रिलिज (भिडियो)



dhoom

ठुलोपर्दा डटकम, काठमाडौं ।
आउँदो बैशाख १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘धुन’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक डान्सिङ गीतमा चलचित्रका लिड कलाकारहरु जीवन लुईटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायत फिचरिङमा छन् ।

ईन्दिरा जोशीको स्वर रहेको ‘कृष्णको धुन’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक लाग्छ । चलचित्र ‘धुन’मा कृष्ण पौडेलको निर्देशन छ । चलचित्र मालती शाहको प्रस्तुतीमा तयार भएको हो ।

सांगितिक प्रेम कथा बोल्ने यो चलचित्रको सांगीतिक पक्ष उत्कृष्ट मानिएको छ । त्यसैले निर्माण युनिट गीत संगीतको कारण पनि दर्शक हलसम्म तान्ने दाउमा छ । चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।

गीत हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu