फ्राइडे रिलिज: ‘नाईँ नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’



nai-navannu-la-3-1st-look-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
०७१ लाई विदा गर्दै ०७२ सालको अवसरलाई लक्षित गर्दै शुक्रबारबाट नेपाली तीन चलचित्र ‘हवल्दार सुन्तली’, ‘नाईँ नभन्नू ल ३’ र ‘सेतो बाघ’ एकसाथ प्रदर्शनमा आएका छन् । ठुला बजेटमा निर्माण भएका यि तिन चलचित्रहरु दर्शकका लागी निकै प्रतिक्षित बनेका थिए ।

जसमध्ये छविराज प्रोड्क्सनको ब्यानरमा छविराज ओझाको निर्माण र ऋषि लामिछानेको निर्देशन रहेको चलचित्र ‘हवल्दार सुन्तली’, निर शाह निर्देशित ऐतिहासिक पृष्ठभुमिमा निर्माण भएको चलचित्र ‘सेतो बाघ’ र विकास आचार्यको लेखन, निर्माण र मुस्कान ढकालको निर्देशन रहेको चलचत्रि ‘नाईँ नभन्नू ल ३’ रहेका छन् ।

hawaldar-suntali-interview-rishi-lamichhane

शिल्पा पोखरेलको मुख्य भुमिका रहेको ‘हवल्दार सुन्तली’मा किशोर खतिवडा, सविन श्रेष्ठ लगायतको अभिनय रहेको छ । हवल्दार सुन्तलीसँग एकसाथ प्रदर्शनमा आएको अर्को चलचित्र सेतो बाघमा रवि गिरी, पवन मैनाली, श्याम राई लगायतको मुख्य भुमिका रहेको छ भने विएस राणा जंग बहादुर राणाको भुमिकामा देखिएका छन । चलचित्रले जंग बहादुर राणाको अन्तिम ३० दिनको कथा बोकेको छ ।

हवल्दार सुन्तली र सेतो बाघसँगै एकसाथ प्रदर्शनमा आएको अर्को चलचित्र ‘नाईँ नभन्नू ल ३’ मा अनुभव रेग्मी, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, आश्मा डिसी र संमय पुरीको पनि मुख्य भुमिका रहेको छ । तीन नेपाली चलचित्रसँग बलिउड चलचित्र ‘एक पहेली लिला’ पनि प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu