‘नाई नभन्नु ल ३’सँगै लेखनाथको मन्दिप मिलन हलमा नयाँ ब्यबस्थापन



mandip-hall

अपिल त्रिपाठी, पोखरा ।
कास्की, लेखनाथको गगनगौडामा रहेको मन्दिप मिलन चलचित्र हल शुक्रबारबाट पुनः संचालनमा आएको छ । बिगत एक महिना देखी हलको स्तरउन्नतीको लागी बन्द गरीएको हल आजबाट नेपाली फिल्म ‘नाई नभन्नु ल ३’ प्रदर्शन गर्दै संचालनमा ल्याइएको हो । मन्दिप मिलन हलको शुक्रवारबाट नयाँ ब्यबस्थापन समुहले औपचारीक रुपमा जिम्मेबारी लिएको छ । यसअघि मदन केसीले संचालन गरीरहेको हललाई अहिले लक्ष्मण गुरुङ लगायतको समुहले संचालन गर्न लागेको हो ।

हलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी चलचित्र प्रदर्शन गरीएको थियो । कार्यक्रममा चलचित्र ‘नाई नभन्नु ल ३’ का निर्देशक तथा कलाकारहरुको समेत उपस्थीती रहेको थियो । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मुस्कान ढकालले हलको नाया संचालकहरुलाई सुभकामना दिएका थिए । चलचित्रका कलाकार संयम पुरीले आफु अभिनित चलचित्र रिलीजबाटै नयाँ समुहले हल संचालन गर्दा खुशि लागेको बताउँदै चलचित्र ‘नाई नभन्नु ल ३’ मनोरन्जक चलचित्र बनेको बताए ।

सोही कार्यक्रममा बोल्दै पुराना हल संचालक मदन केसीले चुनौतीपुर्ण समयमा हल संचालन गरेको स्मरण गर्दै नयाँ समुहलाई सफलताको शुभकामना दिए । नयाँ ब्यबस्थापन समुहका सदस्य मध्येका एक उमेश कोइरालाले हललाई अत्याधुनिक र सुबिधायुक्त बनाउने कुरामा आफुहरु सम्झैता नगर्ने बताउँदै हलमा अब नियमितरुपमा दैनिक चार शो चलचित्र प्रदर्शन गरीने जानकारी दिए । कार्यक्रममा बाल कलाकार अनुभव रेग्मी, कविता रेग्मी लगायतले बोलेका थिए । शुक्रबार मन्दिप मिलन चलचित्र हलको दिवा शो हाउसफुल रहेको थियो । लेखनाथ र आसपासका दर्शहहरु चलचित्रका कलाकार संग चलचित्र हेर्ने जानकारीले उत्साहित हुदै हल प्रबेश गरेको संचालक उमेश कोइरालाले जानकारी दिए ।

चलचित्र ‘नाई नभन्नु ल ३’ को टोली चलचित्रबारे दर्शक प्रतिक्रिया बुझ्न शुक्रबार नै पोखराको श्रीकृष्ण हल समेत पुगेको थियो । दर्शकको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक मुस्कान ढकालले बताए । यत हल संचालक उत्तम द्घाले लामो समय पछी नेपाली चलचित्रले सन्तुष्ट हुने ब्यापार गरेको बताए । हल श्रोतको जानकारी अनुसार ‘नाई नभन्नु ल ३’ ले शुक्रबारमात्रै श्रीकृष्ण हलबाट डेढ लाख बढीको ब्यापार गरेको छ । त्यस्तै शुक्रबारबाट नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘हवल्दार सुन्तली’ को ब्यापार पनि राम्रो रहेको उत्तम द्घा बताउछन । “दुवै फिल्मको ब्यापार राम्रो छ ” उनले भने – “बर्षको अन्त्यमा राहतको महसुश भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu