ठुलोपर्दा डटकम, काठमाण्डौ।
सयौं म्यूजिक भिडियोमा अभिनय गरेका मोडल सनम कठायत,सयौं गीतहरुमा संगीत दिएका संगीतकार सन्तोष श्रेष्ठ र लामो समयदेखी रंगपत्रकारितामा कलम चलाउँदै आएका पत्रकार डिबी खड्काको परिचय एकसाथ फेरिएको छ । चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘मुटु जलाई’ नामक बोलको गीतमा सनम गायक बनेका छन् भने पत्रकार डिबी खड्का निर्देशक बनेका छन् ।
पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेका पत्रकार डिबी खड्काले सनमलाई गायक बनाएका हुन् । भावना कोइरालाले लेखेको, सन्तोष श्रेष्ठको संगीतर प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’मा यी तीन फरक भूमिकामा देखिएका हुन् । संघर्षरत गायकको कथालाई लिएर बनाइएको भिडियोमा सन्तोषले संगीतकारकै रुपमा अभिनय गरेका छन् भने मोडल सनम गायकको भूमिकामा देखिएका छन् ।
ममता धामी र पदमराज शर्माले समेत अभिनय गरको म्युजिक भिडियोलाई अहिलेका चल्तिका छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन् । अर्जुन पोखरेलले सम्पादन गरिरहेका छन् । डा. अजित शाहले प्रस्तुत गरेको उक्त भिडियो वैशाख १ गते सार्वजनिक हुने बताइएको छ ।