नयाँ बर्षमा होस्टेल रिटर्न्सको गीत उपहार (भिडियो)



hostel-returns-engienner-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र होस्टेल रिटन्र्सको नयाँ गीत रिलिज भएको छ । नयाँ बर्ष २०७२ सालको अवसर पारेर चलचित्रको ‘इञजिनियर’ बोलको गीत सार्वजनिक गरिएको हो । स्वप्निल शर्माको शब्द, संगीत र स्वर रहेको गीतमा चलचित्रका प्राय: कलाकारहरु देखिएका छन् ।

यूवावर्गलाई लक्षित गरेर सार्वजनिक गरिएको यस गीतले दर्शकलाई चलचित्र प्रति अझ धेरै उत्सुकता थप्ने निर्माता सुनिल रावलले जानकारी दिए । छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्र्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाईँको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu