ठुलोपर्दा डटकम, काठमाण्डौ।
गीतकार तथा संगीतकार शिव सुवेदीको ‘यत्ति जान्न मन छ…’ बोलको लोक दोहोरी गीतको भिडियो नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको छ । पशुपति शर्मा र स्मृति पुनको स्वर रहेको उक्त गीतमा शिव सुवेदीको शब्द र संगीत रहेको छ ।
सार्वजनि भिडियोमा गायक शर्मा र अभिनेत्री आशा खड्काले अभिनय गरेका छन् । यसभन्दा अगाडी ‘घामजस्तो चम्किलो जुन हुदैन’,’भुल्नै भयो धौ’,’घामले नि पोल्दियो’,’दुखेको देश’,’आमा तिम्रो दुधको भारा’ लगायतका गीतहरुको सिर्जना गरिसकेका गीतकार शिव सुवेदी करिब १० बर्षदेखी यसक्षेत्रमा निरन्तर अगाडी बढिरहेका छन् ।
सार्वजनिक नयाँ गीतले शिक्षा र धनको सम्बन्धलाई अर्थाउन खोजेको छ । जो विद्यालयमा कमजोर थियो धन कमाएपछि उहि नै समाकसेवी बनेको तथा घुष खुवाएकै भरमा जागिर पाएको तितो यथार्थ देखाउन खोजिएको भिडियोको अन्त्यमा भने विद्याको नै जीत भएको पुष्टि गरिएको छ ।
पढाई र पैसाको फरक बिषयमा लेखिएको यो गीतले समाजमा पनि केहि फरक सन्देश दिन सक्छ भन्नेमा गीतकार सुवेदीले ठुलो आशा बोकेका छन् ।
भिडियो: