‘होक्से’ अमेरिकाको सिकागो चलचित्र महोत्सवमा छनोट



hokseसफल म्युजिक भिडियो निर्देशन गरेर प्रशस्त तारिफ कमाएका निर्देशक प्रशन्न पौडेल निर्देशित लघु चलचित्र ‘होक्से’ अमेरिकाको सिकागोमा हुन लागेको सिकागो चलचित्र महोत्सवको स्क्रिनिङका लागि छनोट भएको छ । आगामी अप्रिल २३ देखि ३० तारिखसम्म चल्ने चलचित्र महोत्सवमा एसियाबाट प्रवेश पाउने एकमात्र चलचित्र होक्से भएको निर्देशक पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अमेरिकाकै चलचित्रहरु प्रतिस्पर्धामा रहने फेस्टिवलमा होक्सेको कथा वस्तुको उत्कृष्ट रहेका कारण छनौटमा पर्ने एसियाकै एकमात्र चलचित्र बन्न पुगेको हो । सात मिनेट लामो सो छोटो चलचित्रमार्फत जीवन बाँच्नका लागि मृगौला बेच्न बाध्य सिन्धुपाल्चोकको एक गाउँ होक्सेको कथा उठान गरिएको छ । गाउँको नाम नै चलचित्रको शिर्षक राखिएको छ । चलचित्रमा गरिबी देखाइएको छैन । नेपाल स्रोत साधनमा निकै धनी छ भनेर देखाउन खोजिएको छ ।

होक्सेमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ, मधु निहुरेले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले यसको कथा तयार पारेका हुन् । चलचित्रमा छायांकन विदुर पाण्डे, गीत रोशन लामा, शव्द र निर्माण क्रिश रिजाल, स्वर शिव परियार, सम्पादन प्रकाश तुलाधरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu