११ होइन अब बैशाख १८ मा ‘जन्मभुमी’



janmabhumi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र जन्मभुमीले आफ्नो प्रदर्शन मिति पर सारेको छ । केहि प्राविधिक कारण देखाउँदै चलचित्र यूनिटले बैशाख १८ गतेलाई नयाँ प्रदर्शन मिति पक्का गरेको छ ।

राष्ट्रियताको कथा प्रस्तुत गरेका यस चलचित्र अब बैशाख १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रका लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिए । चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको साथमा नव-कलाकारहरु जेविका कार्की र अग्रिम गिरी पनि छन् ।

चलचित्रमा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियको गीत, युवराज राईको छायांकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको एक्सन छ । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुरज गिरीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu