विमलेस र शुरभीको शंकामा ‘हैन भन्देउ न’



haina-vandeu-na

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सफल म्युजिक भिडियो निर्देशनमा अब्बल ठहरिएका निर्देशक प्रसन्न पौडेलले गायक समिर आचार्यको नयाँ गीतमा नयाँपन दिन सफल भएका छन् । म्युजिक भिडियो भने पछि गीतको वोलमानै कलाकारहरुले अभिनय गर्नु पर्छ भन्ने एउटा सोचलाई प्रशन्नले गलत सावित गर्दै चलचित्रमा कलाकारहरुले बोल्ने सम्वाद झै एक म्युजिक भिडियो तयार पारेका छन् ।

अहिले बजारमा आइरहने भिडियो हेरेका दर्शकलाई ‘हैन भन्देउ न’ बोलको गीतको भिडियो केहि रोचक लाग्न सक्छ । ‘हैन भन्देउ न’ बोलको गीतमा समिर आचार्यसगैं निक्की कार्कीले स्वर मिसाएकी छिन् । भिडियोमा विमलेस अधिकारी, विम्व अधिकारी, सुरवी जैन, श्रीया कार्कीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन नेपाल र अष्ट्रेलियामा गरिएको गायक समिर आचार्यले जानकारी दिए ।

भिडियोमा विदुर पाण्डेको छायांकन रहेको छ । अष्ट्रेलियामा लामो समयदेखी बस्दैं आएका गायक आचार्यले यसभन्दा अगाडी पनि एक गीतको भिडियो बजारमा ल्याएका थिए उक्त भिडियोले राम्रै चर्चा कमाएको थियो । अष्ट्रेलियामा बसेपनि नेपाली गीत, संगीतलाई माया मार्न नसकेको बताउने गायक आचार्य चाँडै नयाँ एल्बम पनि लिएर सोचमा रहेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu