आइतबार देखी ‘राष्ट्रिय नाट्य महोत्सव’ हुने



ठुलोपर्दा डटकम, काठमाण्डौ।
आइतबार वैशाख ६ देखि ८ सम्म राजधानीमा राष्ट्रिय नाट्य महोत्सव–२०७२ हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको महोत्सवको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नेछन् ।

महोत्सवमा प्राचीन, एतिहासिक तथा आधुनिक कथावस्तु समेटिएका नाटकहरूका साथै लोकनृत्यहरू प्रस्तुत गरिनेछ । महोत्सवमा पाँचै विकास क्षेत्रका विभिन्न नाट्य समूहको सहभागिता छ । प्रज्ञाप्रतिष्ठानले विभिन्न जातजाति तथा समुदायको परम्परा, संस्कृति र कलाको संरक्षण एंव सम्बद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय संङ्गीत तथा नाटक महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सव दुई दिन चल्ने छ । महोत्सवका लागि छनोट भएका नाटकमा नारायणी कला मन्दिर, चितवनको ‘सकस’, झोराहट नाट्य समूह, मोरङको ‘धुपेनको धुइयाँ’, चेतना नाट्य समूह, इलामको ‘पथिभरा देवीको उत्पति’, तरङ सांस्कृतिक परिषद्, हेटौंडाको ‘मान्छे बन्ने रहर’, सुम्निमा थिएटर एकेडेमी, ललितपुरको ‘सुम्निमा’, आरोहण, विराटनगरको ‘आब कोना चलब’ र मिथिला नाट्यकला परिषद्, जनकपुरको ‘छुतहा घैल’ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu