आफ्ना विवादित र अनौठा बयानका कारण चर्चामा आइरहने चर्चित पप गायिका माइली साईरसले पुनः एक विवादास्पद विषयको जन्म गराएकी छन् । माइलीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक फोटो राखेकी छन्, जसमा उनको साथमा अर्की पप गायिका सेलेना गोमेज समेत छिन् ।
फोटोको क्याप्सनमा उनले लेखेकी छन्, ‘एकै मानिसद्वारा गर्भवती भएका दुई युवती’ साइरसको यो बयानबारे थप पुष्टि भने केही पनि भएको छैन । खबरका अनुसार माइली र गायिका सेनेला एउटै पुरुषबाट गर्भवती भएको बताइएपनि यर्थाथ के हो त्यो भने अहिलेसम्म बाहिर आएको छैन तर माइलीले यसरी एकसाथ आफ्नो र गायिका सेनेलाको फोटो इन्स्टाग्राम एकाउन्टमा राख्दै एउटै पुरुषबाट गर्भवती भएको भनेर लेखेपछि भने यो विषयले ठुलै रुप लिएको छ ।
यति बेला यो विषयलाई लिएर धेरै थरीका कुरा चलेका छन् भने माइलीले आफ्नो फोटो समेत राखेर एकै पुरुषबाट गर्भवती भएको भनेर लेखेका कारण माइली पनि गर्भवती भएको अनुमान यति बेला धेरैले लगाउन थालेका छन् । केहि समयदेखी माइली प्याट्रिक स्वार्जनेगरको प्रेमसम्बन्धमा छिन् ।