अक्षय कुमारको मृत्युको खबरले फ्यान भए चिन्तित



akshya-kumar-death-news

बलिउडका सुपरस्टार अक्षय कुमारको निधन भएको खबरले फ्यानलाई तनाव भएको छ । कार दुर्घटनामा परी घाइते भएका अक्षयकुमारको मुम्बईको एक हस्पिटलमा मृत्यु भएको हो भन्ने खबर बाहिरिँदा यति बेला उनका लाखौं फ्यानहरु चिन्तित भएका हुन् । तर यो कुरा रियल लाइफमा भने होइन ।

उनले आफ्नो टविटरमा यस्तो बताएका छन् । उनले टविटरमा मा भनेका छन् ‘मेरो आत्मा र शरीरलाई देखेर दर्शक हैरान हुनेछन् ।’ अक्षय कुमारले यस्तो भन्नुको पछाडी थियो चलचित्र ‘ब्रदर्स’को काहानी । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ब्रदर्स’मा अक्षयकुमार मरेको आत्मा र शरीर कसरी व्युझिन्छ भनेर भन्ने भुमिकामा देखिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन् -‘मेरो मृत्यु,शरीर र आत्माको प्रसङ्ग मेरा दर्शकले छिट्टै देख्न पाउनेछन् ।’ यो भुमिका चलचित्र ‘ब्रदर्स’ प्रदर्शनमा आएपछि मात्रै पाइनेछ ।

यस चलचित्रमा अक्षय कुमारसगैं सिद्धार्थ मल्होत्रा, जैकी श्राफको मुख्य भुमिका रहेको छ । चलचित्र ‘ब्रदर्स’ लाई करण मल्होत्राले निर्देशन गरेका हुन् । चलचित्र ‘ब्रदर्स’ २०११ मा प्रदर्शनमा आएको हलिउड चलचित्र ‘वरियर’ की अफिसियल’को रीमेक हो । चलचित्रमा जैकलीन फर्नांडिस पनि मुख्य भूमिकामा देखा पर्दैछिन् । करीना कपूर खान चलचित्रको आइटम गीतमा देखा पर्दैछिन् । चलचित्रलाई करण जोहर लगायतको टिमले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu