कमलपोखरीमा वनफूल फुल्यो, चाहनै चाहनामा सकिने जिन्दगीको कथा



banphool-2ठुलोपर्दा डटकम, काठमाण्डौ। राजधानीको कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा ‘वनफूल’ फुलेको छ। दशैंको शुभकामनासहित विशेष प्रदर्शन गरिएको चलचित्र ‘वनफूल’लाई दर्शकले रुचाएका छन्।

शहर र ग्रामिण परिवेशलाई गज्जबसँग तालमेल मिलाईएको यस चलचित्रला‌ई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्। जीवनसाथी फिल्म्स र शैली थिएटरको संयुक्त सहभागितामा बनेको वलफूलले जिन्दगीका अनेकन चाहना, सपना साथै तृष्णालाई उजागर गरेको छ। ग्रामिण र सहरी जीवनका पात्र र परिवेशलाई एउटै कथामा मिसाएर बनाईएको सो चलचित्रमा  रंगकर्मीहरु सुनिल पोखरेल, महेश श्रेष्ठ, मञ्जु देवकोटाका साथमा मदन बराल, समन्त आचार्य, बासुदेव खनाल, मञ्जु गिरी, सुशिला रिमाल, अशोक शिवाकोटी, सरोज गोले, प्रदीप महर्जन, नविनराज जोशी लगायतले अभिनय गरेका छन् ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी भइसकेपछि मात्र वनफूल हलमा फुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu