भित्री वस्त्र देखिएपछि १६ बर्ष मुनिकाले सुमिनालाई हेर्न नपाउने !



sumina-over-hotठुलोपर्दा डटकम, काठमाण्डौ। हट नेपाली नायिका सुमिना घिमिरेलाई सोह्र बर्ष मुनिकाले हेर्न नपाउने भएका छन्। सुमिना घिमिरे अभिनित कार्तिक १ गते रिलिज हुने चलचित्र ‘स्टार’ले एडल्ट प्रमाणपत्र पाएपछि सो चलचित्रका दर्शक सोह्र माथीका मात्र हुने भएका छन्।

चलचित्रका केहि दृश्यमा सुमिनाका भित्री वस्त्र देखिएको र बढि ग्ल्यामर देखिन आएको कारण देखाउँदै ‘स्टार’लाई एडल्ट बनाईएको कार्यकारी निर्माता लक्ष्मण सुवेदीले बताए।

कार्तिकलाई तताउन कम्मर कसेकी सुमिनाले चलचित्रमा श्याम घिमिरे र निरज बराललाई गर्मी बनाएकी छिन्। महेन्द्र बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको सो चलचित्रमा सुमिनाका अलावा निरज बराल र श्याम घिमिरेको मूख्य अभिनय रहेको छ। ‘स्टार’मा नेपाली चलचित्र उद्योग भित्रको कथालाई पर्दामा उतारिएको बताईएको छ।

यस चलचित्रको प्रोमोमा नायिका सुमिनाले सेक्सलाई दाल भात तरकारीको संज्ञा दिएकी छिन् जुन खाए अघाईन्छ, नखाए भोक लाग्छ।
प्रोमो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu