सर्‍यो ‘होस्टेल रिटर्न्स’, भदौ चार गते रिलिज हुने



hostel-returns-postponed

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख २५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल रिटर्न्स’ अब भदौ चार गते रिलिज हुने भएको छ । वैशाख १२ गते आएको महाभूकम्पले नेपाल तहस नहस भएपछि यस चलचित्रले आफ्नो नयाँ मिति सार्वजनिक गरेको हो । सो मिति देखी रिलिजमा आउन लागेका अधिकांश चलचित्रले रिलिज मिति फेरेका छन् ।

छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाईँको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ । चलचित्रलाई सुरज भुसालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu