‘राष्ट्रिय चलचित्र नीति २०७०’ मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण



cinema-neetiठुलोपर्दा डटकम, काठमाण्डौ- चलचित्र नीतिको मस्यौदा तयार पार्न गठन गरिएको टोलीले ‘राष्ट्रिय चलचित्र नीति २०७०’ को मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । मंगलवार सूचना तथा संचारमन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रममा संचारमन्त्री माधवप्रसाद पौडेललाई मस्यौदा हस्तान्तरण गरिएको हो ।

चलचित्रको परिभाषा, राष्ट्रिय चलचित्र नीतिको लक्ष्य, चलचित्रलाई हेर्ने राज्यको दृष्टिकोण, भाषा, साहित्य, कला, सँस्कृती, शिक्षा र चलचित्रबीचको सम्बन्ध, चलचित्रको औद्योगिक नीति, वाणिज्य नीति, चलचित्र निर्माण क्षेत्रको सबलीकरण, आदिवासी/जनजाती मातृभाषी चलचित्र, लघु चलचित्र, वृत्तचित्र, गैरआख्यान चलचित्र र प्रयोगात्मक चलचित्रको संरक्षण तथा प्रवर्द्दन, चलचित्र पर्यटन, शिक्षा/तालिम: जनशक्तिको विकास, चलचित्र संग्रहालय तथा पुस्तकालय, चलचित्र प्रदर्शन तथा वितरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बजार विस्तार, चलचित्र: बौद्दिक सम्पत्तिको संरक्षण, विज्ञापन चलचित्र, पेशागत सुरक्षा तथा प्रतिष्ठा अभिवृद्दि, चलचित्र पत्रकारिता, समीक्षा, चलचित्र सोसाइटी तथा क्ल्बहरु, चलचित्र महोत्सव, चलचित्रकर्मीहरुको पेसागत आचारसंहिता, चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति र नीति कार्यान्वयनका लागि संस्थागत विकास र कानुनी ब्यवस्था जस्ता शिर्षकमा राष्ट्रिय चलचित्र नीतिको मस्यौदा तयार पारिएको छ।

मस्यौदामा राज्यले चलचित्र उद्योगलाई अब सिर्जनशिल सांकृतिक उद्योगको रुपमा चित्रण गर्ने लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu