ठुलोपर्दा डटकम, काभ्रे।
बैशाख १२ गते गएको भूकम्पबाट आफ्नो घरबार गुमाएका काभ्रेको रामपुरका बासिन्दाहरुलाई केहि नेपाली चलचित्रकर्मीहरुको पहलमा चालिस वटा अस्थाइ घर निर्माण भएका छन् । ‘वि फर अल’ नाम दिईएको अभियान मार्फत चालिस घर बनाईएको अभियानमा संयोजक सुरेशदर्पण पोखरेलले बताए ।
अस्थायी घर निर्माणका लागि २७ चलचित्रकर्मीले आर्थिक सहयोग गरेको बताईएको छ, जसमा केकी अधिकारी, जीवन लुईटेल, दिलिप रायमाझी, वेनिशा हमाल, वर्षा शिवाकोटी, हसन खान, दिनेश पोखरेल, प्रदिप उदय, सुरेश दर्पण पोखरेल, बिपन गुरुङ्, अमृत अग्रवाल लगायतका रहेका छन् ।