रेखा थापाको लागि ‘दामिनी’ हेर्नुहोस्: विराज भट्ट



biraj-Bhattaठुलोपर्दा डटकम, काठमाण्डौ। केहि दिनदेखी सञ्चार माध्यममार्फत रेखा थापासँग जुहारी खेलिरहेका विराज भट्टले मंगलवार भने रेखासँग आफ्नो सम्बन्ध नबिग्रेको उद्घोष गरेका छन्। उनले रेखाको लागि नै भएपनि दामिनी हेर्न दर्शकलाई अनुरोध गरेका छन्। दामिनीबारे जानकारी दिन आयोजित एक कार्यक्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै  भट्टले आफुले अभिनय गरेको चलचित्र शुद्द नेपाली भएकोले लगानि उठाउने वातावरण खोज्न भोजपुरी र नेपाली भाषामा बनाईएको स्पष्ट पारे।

विराजका अनुसार दामिनी काठमाण्डौ आसपासमा छायांकन गरिएको छ। सानु शाक्यले निर्देशन गरेको सो चलचित्रमा दुई करोडको लगानि रहेको बताईएको छ। असोज २५ गते रेखा थापाको चलचित्र ‘काली’सँग जुधाईएपछि रेखा र विराजको जुहारी चलेको थियो। दामिनीमा रेखालाई नै अगाडी ल्याईएपछि कालीलाई धक्का पुर्याउने उद्देश्यले दामिनी ल्याएपनि आफुलाई फरक नपर्ने रेखाले बताएकी छिन्। दामिनीका वितरक मध्येका एक सुनिल मानन्धरले छविराज ओझासँग आफुले हरेक पटक फिल्मजुधाउने गरेको र यसपाली पनि त्यसै गरेको बताए।

‘निमुखा निर्माताको लागि ठुला फिल्मसँग मैले फिल्म जुधाउनै पर्छ’ कार्यक्रममा मानन्धरले भने ‘चलचित्र विकास बोर्डका अध्यक्षले आफ्नो हैसियत भन्दा माथी जान खोजेर फिल्म रोक्ने कोशिस गरेका हुन्। थानामा रहेका उनले सिमाना पुग्न खोजे’। कालीका वितरक छवि ओझाले दामिनी रोक्न पठाएको पत्र पश्चात दामिनी रोक्न सकिने बोर्ड अध्यक्षको कुरा बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu