आमिरले भने, ‘ज्याकी च्यानसँग चलचित्र खेल्ने समय छैन’



Aamir-Khan-And-Jackie-Chan

केहि दिन अगाडी मात्रै बलिउडका सुपरस्टार आमिर खानले अभिनय गरेको चलचित्र पिकेको चीनमा प्रदर्शन भएको थियो । हाल पनि करिब ३५ सय भन्दा बढि चीनियाहलहरुमा चलचित्र पिके प्रदर्शन भइरहेको छ । चलचित्र पिके चीनमा प्रदर्शन भएसँगै आमिर खान र प्रसिद्द चिनियाँ स्टार ज्याकी च्यान एकसाथ नयाँ चलचित्र खेल्ने घोषणा समेत गरिएको थियो ।

केहि दिन अगाडी चीनको साङ्घाइमा भएको एक कार्यक्रममा चीन र भातरको संयुक्त लगानीमा तीन चलचित्रको निर्माण गरिने घोषणा गरिएको थियो जस मध्य एक चलचित्रमा आमिर र ज्याकी च्यानले अभिनय गर्ने बताइएको भएता पनि आमिरले ज्याकी च्यानसँग चलचित्र खेल्न तयार नभएको बताएका छन् । आमिर अहिले दंगल चलचित्रको लागि व्यस्त भएकाले उक्त चलचित्र खेल्नका लागी आमिर असमर्थ रहेको बताईएको छ ।

संयूक्तरुपमा निर्माण हुने भनिएको चलचित्र करिब तीन महिनापछि फ्लोरमा जाने उल्लेख गरिएको भएता पनि उक्त चलचित्रका लागी आमिरले समय दिने कुनै सम्भावना छैन । चिनियाँ कलाकार वाङ बाउजिङको मुख्य भूमिका रहने दा नाउ तियान जुमा च्यानले कुङ्फुको भुमिका निभाउने छन् भने आमिर योगाको भुमिकामा देखिने औपचारिक जानकारी दिइसकेको छ तर आमिर उक्त चलचित्र खेल्न तयार नहुने भनेपछि भने यो चलचित्र निर्माण हुने वा नहुनेमा भने अन्योल सृजना भएको छ । यसलाई भारतको तर्फबाट भायकम मोसन पिक्चर्स र चीनका ताहिए इन्टरटेन्मेन्ट र साइनवर्क मिडियाले निर्माण गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu