भुकम्प प्रभावित क्षेत्रमा ‘घुम्ती फिल्म फेस्टिभल’



घुम्ती फिल्म फेस्टिभवलमा देखाईने एक चलचित्र कबड्डीको पोस्टर
घुम्ती फिल्म फेस्टिभवलमा देखाईने एक चलचित्र कबड्डीको पोस्टर

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको महाभूकम्पका कारण यति बेला देशको जनजिवन निकै त्रसित बनेको छ । भूकम्पकै कारण पनि हरेक मानिसहरु अहिले भय र त्रासको जिवनयापन गरिरहेका छन् । हाल भूकम्पबाट त्रसितहुँदै आएका व्यक्तिहरुलाई परामर्शको आवश्यकता रहको भन्दै शुक्रवारबाट मिडिलवे फिल्मस्ले भूकम्पबाट प्रभावित बस्तीहरुलाई मध्यनजर गर्दै घुम्ती फिल्म फेस्टिभलको आयोजना गरेको छ ।

शुक्रवार साँझ टुँडिखेलबाट सुरु हुने यो फेस्टिभल भूकम्पबाट प्रभावित भएका हरेक बस्ती सम्म पुग्ने बताइएको छ । यो फिल्म फेस्टिभलमा चलचित्र र लधु चलचित्रहरु प्रदर्शन गरिनेछ । सञ्चाकर्मी एवं निर्देशक भोजराज भाटले निर्देशन गरको लधु चलचित्र सुनाकलीबाट फिल्म फेस्टिभलको शुभारम्भ हुने बताइएको छ । खुल्ला चौरमा पर्दा टाँगेर निःशुल्क देखाइने यो फेस्टिभल शुक्रबार टुँडिखेलपछि काभ्रेमा देखाइने छ । काभ्रे हुँदै यस फिल्म फेस्टिभलको टोली सिन्धुपाल्चोक, दोलखा, धादिंग, गोरखा लगायतका ठाउँहरुमा पुग्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

फेस्टिभलमा करिब एक दर्जन बढि चलचित्र र लघु चलचित्र प्रदर्शन हुनेछन् । जसमा नविज सुब्बाको नुमाफुंग, छिरिंग शेर्पाको कर्मा, रामबाबु गुरुंगको कब्बडी, मोहन राईको जुर्नी टु थिएटर,फु लमान वलको सेलफोन, हरि थापाको शेर्पाः टु हिरोज अफ माउन्ट एभरेस्ट, शन्ति लामा र ज्ञानु लामाको म्हेन्दोमाया, डा.तोशियाकी इतोहको कठपुतली लगायतका चलचित्रसँगै लघु चलचित्र प्रदर्शन गरिने मिडिल वेकका म्यानेजिंग डाइरेक्टर मोहन राईले जानकारी दिए । घुम्ती फिल्म फेस्टिभलमा भूकम्पसम्बन्धी केहि वृत्तचित्रपनि प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu