दुबईमा नेपथ्यको सांगीतिक खुराक, उठेको रकम भूकम्पपीडितलाई



nepathya-aus

चर्चित साँगीतिक समुह नेपथ्य बान्डले शनिबार दुबईस्थित ‘अल नासेर लिजर ल्यान्ड’को ‘आइस रिंक’मा भब्य साँगीतिक खुराक दर्शकमाझ पस्किएको छ । नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङ टोलीले दर्शकलाई नचाउदैं स्टेज तताएको थियो ।

कार्यक्रमको सुरुआत नै महाभूकम्पबाट ज्यान गुमाउने र भत्किएका सम्पदाहरूको स्मृतिमा भएको थियो । त्यसपछि नेपथ्य बान्डको समुहले हो रामा रामा, भेंडाको ऊनजस्तो, रातो र चन्द्र सूर्य, जीवन हो घामछायाँ जस्ता दर्जनौ गीतहरु प्रस्तुत गरेको थियो । करिब ३ हजार भन्दा बढि दर्शकको सहभागीता रहेको कार्यक्रममा बान्डका प्रमुख गायक अमृतसँगै ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेसमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए । गीत प्रस्तुत गरिरहँदा गायक अमृत गुरुङले भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरुलाई श्रदाञ्जली व्यक्त गएका थिए भने घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनले सो अवसरमा नेपालका भूकम्पपीडितका लागी आफ्नो ब्याण्डले विभिन्न सहयोग गर्दै जानेपनि बताएका छन् ।

नेपालका भूकम्पपीडितका लागी भनेर आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रमबाट उठेको रकम प्रधानमन्त्री दैविक कोषमा जम्मा गरिने प्रमुख गायक अमृतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu