विश्वकै चर्चित फुलवारीमा तयार भयो नेपाली म्युजिक भिडियो (भिडियो सहित)



fulbari

सन् १९८१ मा प्रदर्शनमा आएको बलिउडको सफल चलचित्र “शिलशिला” हेर्नुभएको छ ? हेर्नुभएको छ भने उक्त चलचित्रमा समाबेश एक गीत ‘खा एक ख्वाब तो..’ बोलको गीतमा बलिउडका मेगास्टार अमिताभ बच्चन र अभिनेत्री रेखाले एक फुलबारीमा नृत्य गरेका छन् । उक्त गीतमा देखिएको फुलबारी हेरेर नलोभिने सायद कमै थिए होलान । पानी मुनिको देश भनेर चिनिने होल्याण्डको विश्वकै चर्चित फुलवारी ‘Keukenhof’ मा उक्त गीतमा छायांकन गरिएको थियो । तर बर्षैसम्म पनि उक्त फुलबारीमा छायांकन गरिएको चलचित्र र म्युजिक भिडियो दर्शकहरुले हेर्न पाइएको छैनन् । तर नेपाली म्युजिक भिडियोमा अब उक्त फुलबारी देख्न पाइने भएको छ ।

नेपाली निर्देशक उज्ज्वल के.सी.ले आफ्नो नयाँ म्यूजिक भिडियोको छायांकन सोहि फुलबारीमा गरेका छन् । ‘सपना मेरो…’ बोलको यस गीतको छायांकन उक्त फुलबारीमा गरिएको हो । जुन दृश्यले म्युजिक भिडियोलाई शानदार बनाएको निर्देशक केसीले जानकारी दिए । सार्वजनिक गीतमा चर्चित गायक जगदिश समालले स्वर दिएका छन् भने किरण गौचनको शब्द रहेको छ ।

सार्वजनिक गीतमा राजिव शाहको संगीत रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा नेपाली चलचित्र थ्री लवर्सका नायक देवेन यूवराज र बेल्जियन मोडल फातिजोनाको साथमा बेनी ढुंगानाले अभिनय गरेका छन् । मेकअप र भेषभुषा रीता पाण्डे सुवेदी र छायांकन, सम्पादन, निर्देशन उज्ज्वल के.सी.को रहेको छ । यस म्यूजिक भिडियोमा होल्याण्ड र बेल्जियमका सुन्दर दृश्यहरु देख्न सकिने छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu