परिवेश अनुकुलको चलचित्र ‘सत्यदिप’को गीत रिलिज (भिडियो सहित)



Satyadeep-Song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतको माध्यमबाट समाजमा व्याप्त विकृती निर्मुल पार्ने उद्देश्यले सामाजिक चेतना छर्ने कथामा आधारित रहेर बनेको नेपाली चलचित्र ‘सत्यदिप’को चेतनामुलक गीत रिलिज भएको छ । चलचित्रका नायक दिव्यश्वर गौतमका अनुसार अहिले देशमा आईपरेको संकटमा एकताबद्द हुनको लागि सार्वजनिक गीतले मद्दत पुर्‍याउने छ ।

रिलिज गरिएको गीतले हरेक प्रकारका फुलहरुले सजिएको बगैँचा जस्तै नेपाल रहेको बताउँछ । गीतमा सुमन सांग्देन र अप्सरा घिमिरेको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत तथा सुनिल कोईरालाका शब्द रहेका छन् । नृत्य निर्देशन कमल राईले गरेका छन् ।

पुश्कर घिमिरेले निर्देशन गरेको यस चलचित्रमा छ वटा गीत रहनेछन् । ‘एसबिआर फिल्मस प्रा ली. को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको माध्यमबाट समाजमा सत्यको ज्योती बाल्ने पक्षमा जुट्न सबैलाई आग्रह गर्न लागिएको ‘सत्यदिप’का निर्देशक घिमिरेले ठुलोपर्दा डटकमलाई जानकारी दिए ।

विनयराज श्रेष्ठलेको लगानी रहेको चलचित्रमा दिव्यश्वर गौतम, जोनी सिंह राणा, सविना केसी, उमाबेवी, रबि गिरी, जी.एन. घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

गीत हेर्नुहोस्:

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu