सलमानको चलचित्र नखेल्दा खुशी छिन् ज्याकलिन



jacquline
बलिउडका तिन खानसँग जो जोडिन्छन् उनीहरु चर्चामा मात्र होइनन पुरा जीवनभर सफलताको सिडीमा उभिएका हुन्छन् । त्यहि भिडकी एक नायिका हुन् ज्याकलिन फर्नाडिज । उनले बलिउडका सुपरस्टार सलमान खानसँग चलचित्र किक खेलेपछि उनको जिन्दगीमा किकको बर्षा भएको छ ।

किक खेल्नु भन्दा अगाडी एउटा पनि सोलो चलचित्र नपाएकी उनको हातमा अहिले चलचित्रको बर्षा भएको छ । किक चलचित्र खेलेपछि उनले रोय, ब्रर्दश लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् भने अन्य चलचित्रमा हाल ज्याकलिन व्यस्त छिन् । यहि क्रममा उनले अभिनय गरेको चलचित्र किकको दोस्रो सिक्वेल बन्ने भएको छ तर उनी उक्त चलचित्रमा नदेखिने भनेर केहि दिन अगाडी मात्र सलमानले औपचारिक जानकारी दिएका छन् ।

यो खबरपछि ज्याकलिन र सलमानको सम्बन्ध विग्रदैं गएको भन्ने खबर पनि बाहिर आएको थियो । तर उक्त खबरलाई ज्याकलिनले गलत भएको बताएकी छिन् । आफ्नो नयाँ चलचित्र ब्रर्दशको प्रचार प्रसार गर्ने क्रममा उनले यस्तो खुलाएकी हुन् । उनले भनेकी छिन्, ‘सलमानसँग अन्य चलचित्र खेल्ने सँधै सौभाग्य कहाँ मिल्छ होला र त्यसैले सलमान खानले नयाँ नायिका चलचित्र किकको दोस्रो सिक्वेलका लागी छनोट गरेको प्रति म खुसी छु । तर बजारमा जसरी सलमान र मेरो विषयमा गलत समाचारहरु प्रकाशन भएका छन् ति कुराहरु एक प्रतिशत पनि सहि छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu