भूकम्पपीडितका लागी नेपथ्यले जम्मा गर्यो ४० लाख



nepathya-aus

भूकम्पपीडितका लागी भनेर सुरु गरेको नेपथ्य ब्यान्डले हालसम्म ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा गरेको ब्यान्डका प्रमुख गायक अमृत गुरुङले जानकारी दिएका छन् । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले अहिले नेपथ्य बान्ड विभिन्न विदेशी मुलुकहरुमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा सहभागी भइरहेको छ ।

भूकम्प गए लगत्तै अष्ट्रेलियाको मेलबोर्न, जापानको टोकियो, संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कार्यक्रम र नेपथ्यले आफ्नै तर्फबाट प्रदान गरेको रकम समेत जोड्दा ४० लाख बराबरको रकम जम्मा भएको गायक गुरुङले बताए । केहि दिन भित्रमा नै नेपाल सरकार मार्फत उक्त रकम भूकम्पपीडित मार्फत पुर्याउने गायक गुरुङले जानकारी दिए ।

अष्ट्रेलियाबाट फर्केलगत्तै नेपथ्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको थियो। दुबईमा हालै आयोजित शोबाट संकलित अर्को पाँच लाख रुपैयाँ गत साता पुनः प्रधानमन्त्री कोषमै नेपथ्यले जम्मा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu