ठुलोपर्दा डटकम, काठमाण्डौ।
नवौँ नेपाल आदिवासी चलचित्र महोत्सव–२०७२ रुपन्देहीको बुटवलमा वुधबारबाट सुरु भएको छ । हरेक बर्ष काठमाडौंमा गर्दै आएको महोत्सव विनासकारी भूकम्पका कारण यस बर्ष रुपन्देहीको बुटवल आयोजना गरिएको हो ।
महोत्सवको एक कार्यक्रमका वीच नेपाल आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत दुनुवारले उद्घाटन गरेका छन् । दुई दिन सम्म संचालन हुने महोत्सवमा विभिन्न जातजातिका संस्कार, संस्कृति र अधिकारका वारेमा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन गरिने महोत्सव निर्देशक शंकर गाहाले बताए ।
महोत्सवमा तामाङ्गको शिकारी देउता, थकालीको कबड्डी, थारुको जुटल घर फुइट गेलै, मगरको रैथाने ज्ञान विनाको जीवन, गुरुङ्गको मिथेवा, लिम्वुको पेकोसामा, लाटो पहाड, इतिहासले मेटाएको तामाङ्ग जातिको पहिचान लगायतका चलचित्र प्रदर्शन गरिने छ । नेपाल आदिवासी चलचित्र महासंघले विगत लामो समयदेखि आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति र रहनसहनमा निर्माण गरिएका चलचित्र र बृत्तचित्र महोत्सवको रुपमा प्रदर्शन गर्दै आईरहेको छ ।