एडल्ट प्रमाणित हुँदा सुमिनालाई अचम्म



sumina-laxmanठुलोपर्दा डटकम, काठमाडौं। महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने भएको छ । स्टार युनीटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो ।

सामान्य मान्छे कसरी स्टार बन्छ भन्ने बिषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको चलचित्रले मनोरञ्जनका साथसाथै भरपूर मात्रामा सन्देश पनि पस्किएको निर्देशक बुढाथोकीले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘स्टार पूर्णरुपले पारिवारिक मनोरञ्जक चलचित्र हो । चलचित्रमा कलाकारका लागि गहन सन्देश पनि छ । त्यसैले सपरिवारले हेर्न जरुरी छ ।’ कार्यक्रमका प्रमुख अथिति बरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकीले चलचित्रमा अहमता र अतिमहत्वाकांक्षाका कारण मान्छेले कतिसम्म धोका पाउछ भन्ने सन्देश रहेको बताए । उनले स्टारमा आफूले द्धैध चरित्रयुक्त चलचित्र निर्माताको भूमिका निभाएको खुलासा गरे ।

स्टारकी शीर्ष पात्र सुमीना घिमीरेले स्टार वास्तबिकतासँग नजिक रहेको बताइन् । ‘स्टारमा रियालिटी र इम्याजिनेशनको कम्बिनेशन छ । मैले अहिलेसम्म अभिनय गरेका चलचित्र मध्ये सबैभन्दा बढी आश यही चलचित्रमा छ,’ सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएकोमा आफू चकीत परेको बताउदै उनले भनिन् ‘मैले एडल्ट सर्टिफिकेट पाउने खालका कुनै दृश्य दिएकी छैन । स्टोरीनै त्यस्तै भएकाले केही ग्ल्यामरस दृश्य भने छन् । तर पनि ए सर्टिफिकेट पाउदा अचम्म लागेको छ ।’
star-audio-launchकेआर इन्टरटेन्मेन्टका करण श्रेष्ठ क्रेजीले बितरणको जिम्मा लिएको स्टार देशभर एकल रुपमा प्रदर्शन गर्न लागेको उनले बताए । यसअघि ओम र जंजीर चलचित्र निर्माण गरेका करणले स्टार असफल भए वितरण पेशाबाट सन्यास लिने घोषणा गरे । उनले भने, ‘यत्तिको राम्रो फिल्म पनि चलेन भने फिल्म लाइनको काम किन गर्नू ? सन्यास लिन्छु ।’ कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरी, हल संचालक तथा बितरक गोपाल कायस्थ, निर्देशक सोभित बस्नेत, नायक श्याम घिमीरेलगायतले स्टारको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

स्टारका कार्यकारी निर्माता लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय, बरिष्ठ चलचित्र पत्रकार बिजयरत्न तुलाधर, निर्देशक सोभित बस्नेत र फिल्मी कार्यक्रम क्ल्याप बोर्डका निर्माता राजन घिमीरेले संयुक्त रुपमा स्टारको अडियो सिडी बिमोचन गरेका थिए ।

संगम भिजनको ब्यानरमा बनेको चलचित्रमा सुमीनाका साथमा रमेश बुढाथोकी, श्याम घिमीरे,गणेश उप्रेती, निरज भण्डारी, रुपा खनाल, सिपी पौडेललगायतले अभिनय गरेका छन् । निर्देशक बुढाथोकीकै लेखनमा बनेको स्टार सुरेश बज्राचार्यले खिचेका हुन् । चलचित्रमा सर्वज्ञमान शाक्य र अर्जुन पोखरेलको संगीत छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu