पछिल्लो समय बलिउडमा कसैको जीवनमाथी रहेर ‘बायोपिक’ चलचित्रको निर्माण गर्ने लहरनै चलेको छ । त्यहि क्रममा नायिका विद्या बालनलाई भारतीय पूर्व–प्रधानमन्त्री इन्दिरा गान्धीको बायोपिक चलचित्रमामा इन्दिरा गान्धीको भुमिकामा अभिनय गर्न प्रस्ताव आएको छ ।
पूर्व–प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनमा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा अभिनय गर्नु विद्यालाई ठुलो अवसर हो तर विद्या भन्छिन् ‘इन्दिरा गान्धी जस्तो उच्च राजनीतिक छवि भएको व्यक्तिमाथि जुन तरिकाले चलचित्र बन्नुपर्छ के त्यो तरिकाले फिल्म बन्छ ?’ उनले अगाडी भनिन् ‘म यो भुमिका गर्छु या गर्दिन थाहा छैन ।’
हालै प्रदर्शनमा आएको चलचित्र ‘हमारी अधुरी कहानी’ बाट दर्शकको राम्रो प्रतिक्रिया पाएपछि उत्साहित भएकी नायिका विद्याले यस अघि चर्चित बंगाली अभिनेत्री सुचित्रा सेनको जीवनीमाथि बन्ने चलचित्रका लागि आएको प्रस्ताव पनि लत्याएकी थिइन् ।