ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक तुला पर्वतको ‘विरहमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मुनाल शिशिरले निर्देशन रहेको सार्वजनिक भिडियोमा निर्मल सेञ्चुरीको साथमा एनी र अभयले मोडलिङ गरेका छन् ।
लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तुला पर्वतको दोष एल्बममा यो गीत समावेश छ । मकाउमा रहेका गायक तुलाले आफूले मिहिनेत गरेर नयाँ गीत सार्वजनिक गरेको बताए । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा रामकुमार केसीको छायांकन छ । गीतमा तुलाको नै शब्द तथा संगीत समावेश छ ।
सार्वजनिक भिडियोले प्रेम बियोगको कथालाई उतारेको छ । गीतसंगीतमा लामो समयदेखि लागेपनि पछिल्लो केही समयदेखि तुलाले चर्चा पाउन थालेका छन् ।
भिडियो हेर्नुहोस्: