टम हल्याण्ड अब स्पाइडर म्यान



tomहलिउड चलचित्रका टिनएजर अभिनेता टम हल्याण्डचलचित्र स्पाइडर म्यानको स्पाइडर म्यान हुने भएका छन् । स्पाइडर म्यानको नयाँ श्रृखंलामा टम पिटर पार्करको भूमिका देखिनेछन् ।

१९ वर्षिय टमलाई सोनी पिक्चर्स र मार्भलले उक्त भूमिकाको लागि छनौट गरेको हो । टम बिली इलियट द म्यूजिकल चलचित्रबाट लाइमलाइटमा आएका अभिनेता हुन् ।

सन् २०१७ को जूलाइ २८ तारिखमा रिलिज हुने यस चलचित्रलाई नयाँ निर्देशक जोन वाट्सले निर्देशन गर्नेछन् । टम भन्दा अघि स्पाइडर म्यानको भुमिकामा टोबे म्याक्वायर र एन्ड्रियू ग्राफिल्डले अभिनय गरिसकेका छन् । द इम्पोसिबल, उल्फ हल तथा आगामी रिलिज इन द हार्ट अफ द सिमा गरेको काम र लगातार गरिएका स्क्रिन टेस्टमा राम्रो पाइएपछि टम चलचित्रमा स्पाइडर म्यानका रुपमा छानिन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu