यो दशैँ काली र दामिनीको, कसले मार्ला बाजी ?



damini-&-kaaliठुलोपर्दा डटकम, काठमाण्डौ। यसपालीको दशैँमा दुई नेपाली चलचित्र रिलिज भएका छन्। रेखा थापाको ‘काली’ र भोजपुरीबाट नेपाली भाषामा स्वरांकन गरिएको ‘दामिनी’ शुक्रवार रिलिज भएका छन्।

देशभर रिलिज यि दुई चलचित्र यसअघि विवादमा तानिएका थिए। एक अर्कामा आरोप प्रत्यारोपमा उत्रेका कलाकारहरु अहिले भने साम्य भएका छन्। झण्डै बराबर हलमा रिलिज यी दुई चलचित्रको प्रचारमा रेखा थापालाई अगाडी सारिएको छ। ‘काली’मा मूख्य भुमिकामा रेखा नै छिन् भने ‘दामिनी’मा विराज भट्ट र भोजपुरी नायिका छिन्। ‘काली’लाई टक्कर दिन नेपाल भित्र्याईएको ‘दामिनी’मा रेखाको अतिथी भुमिका रहेको बताईएपनि प्रोमो तथा पोस्टरमा भने मूख्य भुमिका जस्तै देखाईएको छ।

‘काली’का कार्यकारी निर्माता छवि ओझा हुन्। किशोर खतिवडा, रेखा थापा लगाएतका कलाकारहरुको मूख्य भुमिका रहेको सो चलचित्र महिला प्रधान रहेको बताईन्छ। दुवै चलचित्रले सफल व्यापारको आशा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu